Thu. Apr 25th, 2024

मिस नर्स चितवन २०१४ को उपाधि ममता पाण्डेले हात पारेकी छिन् । स्ट्रिङ मिडियाले चितवनमा पहिलोपटक आयोजना गरेको मिस नर्स चितवनमा पाण्डेले १४ प्रतिस्पर्धीलाई पार्दै मिस नर्स चितवनको उपाधि हात पारेकी हुन् । एक सय भन्दा बढी प्रतिस्पर्धीहरुले भाग लिएको प्रतियोगितामा ४० जना मात्र अडिसन राउण्डमा सहभागि भएका थिए ।
miss nurse chitwan
पहिलो अडिसनबाट १५ जना फाइनल राउण्डमा प्रवेश गरेका थिए । प्रतियोगितामा चितवन आसपासका नर्सिङ पेसामा आवद्ध तथा अध्ययन गर्दै गरेका युवतीहरुको सहभागिता थियो । प्रतियोगितमा अन्जुला सुनार फस्ट रनरअप र रचना पुरी सेकेन्ड रनरअप बन्न सफल भएकी छिन । जितसँगै पाण्डेल स्कुटर र विभिन्न गिफ्टह्याम्पर हात पारेकी छिन । उपाधि जितेपछि उनी केहि बेर भावुक बनेकी थिइन । त्यस्तै फस्ट रनरअप सुनारले नगद रु २५ हजार र सेकेन्ड रनरअप पुरीले नगद १५ हजार जित्न सफल भएकी छिन ।
प्रतियोगिताको नायिका गरिमा पन्त,टंक बुढाथोकी, गायिका मनिषा पोखरेल, गायक हरि योञ्जनहरु उपस्थिित रहेका थिए । प्रतियोगिताको जर्ज भने नायिका गरिमा पन्तले गरेकी थिइन् ।

%d bloggers like this: