Fri. Apr 19th, 2024

 काठमाडौं । पछिल्लो समय कलाकारहरु स्टेज कार्यक्रमकै भरमा जिविकोपार्जन गर्ने चलन बढदैं गइरहेको छ । यसैक्रममा कलाकार बाच्ने आधारका रुपमा स्टेज कार्यक्रमलाई लिदैं गर्दा यता केही कलाकार यस्तै कार्यक्रमबाट उल्टो ठुलो मारमा पारेको छ ।कलाकारहरुले आफूहरुलाई आयोजकले २०७१ जेठ २० देखि असार ०१ सम्म विभिन्न शहरहरुमा १५ दिने वाइड ईभेन्ट नेपाल टुर नामक साँगीतिक कार्यक्रममा सहभागी गराएर पारिश्रमिक नदिएपछि अन्तत अदालत जाने तयारी गरेका हुन ।susma-sugam-rupak
आयोजकद्धय हरिशरण महत र राजकुमार पटेलले विभिन्न विधामा ख्याती प्राप्त १४ जना कलाकारहरुलाई नेपालका विभिन्न शहरहरुमा १५ दिने साङ्गितिक कार्यक्रममा प्रस्तुती गरेवापत आर्टिष्ट एग्रिमेन्ट अनुसार पैसा नदिई श्रमशोषण गरेको भन्दै पीडित कलाकारहरुले उनीहरुमाथि कारबाहीको माग गरेका छन् ।
आयोजकले आफूहरुलाई पारिश्रमिक नदिएको भन्दै नायिका सुस्मा कार्की सहितका कलाकारहरुले अदालत जाने चेतावनी दिएका हुन ।रिपोर्टर्स क्लबमा शुक्रबार पीडित कलाकर्मीहरुले पत्रकार सम्मेलन गर्दै आफूहरुलाई एग्रिमेन्ट अनुसार रकम दिनुको सट्टा उल्टै धम्की दिएको भन्दै ४८ घण्टाभित्र पारिश्रमिक नदिए बाध्य भएर ठगी गर्नेहरुलाई कानुनी कठघरामा उभ्याउने चेतावनी दिए ।
उनीहरुले पारिश्रमिक बापत करिव १० लाख रकम नदिई श्रमशोषण गरेको भन्दै ठगी गर्ने उनीहरुलाई प्रतिलिपि अधिकार ऐन अन्तर्गतको कारवाही गर्नुपर्ने माग गरेका छन् ।
पत्रकार सम्मेलनमा राष्ट्रिय संगीतकर्मी संघका महासचिव राजेन्द्रकुमार कार्कीले पीडित कलाकारहरुको हक अधिकार लागि आफ्नो संस्थाले जस्तोसुकै भूमिका निर्वाह गरेर भएपनि न्याय दिलाउने विश्वास व्यक्त गर्दै ४८ घण्टाभित्र कलाकारहरुको पारिश्रमिक नदिए कानुनी उपचारमा जाने बताए ।
ठगिनेमा नायिका सुस्मा कार्की, गायक सुगम पोखरेल, रुपक डोटेल, कलाकार रमेश दुलाललगायत रहेका छन् । कार्यक्रममा १५९ वटा चराको आवाज निकाल्ने कलाकार रमेश दुलालले आफूहरुलाई ठग्ने आयोजकलाई कुनै पनि हालतमा नछोड्ने भन्दै पाउनुपर्ने पारिश्रमिक यथाशिघ्र दिनुपर्ने बताए ।

%d bloggers like this: