Wed. May 8th, 2024

बलिउडका दबंगस्टार सलमान खान  धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको करण जौहरको पछिल्लो चलचित्र ‘शुद्धि’मा सलमान खान हिरो बन्ने भएका छन् । करण जौहरले ट्विट मार्फत सो कुरा बताएका हुन् । करणले ट्विटमा भनेका छन् चलचित्र ‘शुद्धि’मा सलमान खान हिरो हुन्छन् र चलचित्र २०१६ मे को दिपावलीमा प्रदर्शन हुने बताएका छन् ।
salman khan
यस फिल्ममा पहिला रितिक रोशन र कैटरीना कैफ खेल्ने पक्का भएको थियो तर समय नमिले पछि उनीहरुले चलचित्र ‘शुद्धि’ छोडेका थिए । रितिक र कैटरीनाले चलचित्र नखेले पछि निर्माता करण जौहार नायकको खोजीमा थिए र त्यहि क्रममा उनले सलमानलाई चलचित्र ‘शुद्धि’मा नायक बनाएका छन् । करणको एक ड्रिम्र प्रोजेक्ट भएका कारण चलचित्र ‘शुद्धि’मा अरु नायक भन्दा सलमानले कयौ गुना राम्रो गर्ने भएका कारण निर्माता करणले सलमानलाई रोजेका हुन् ।
चलचित्रको हिरो सलमान खान भएपनि अहिले करण नायिकाको खोजीमा छन् । चलचित्र ‘शुद्धि’मा दिपिका र प्रियंका मध्य एक नायिका चलचित्रमा हुन सक्ने स्रोतले बताएको छ ।

%d bloggers like this: