Thu. Apr 25th, 2024

काठमाडौं । नेपाली सिनेनगरिमा एकपछि अर्को चलचित्रको अभिनयमा व्यस्त भइरहेका नायक आर्यन सिग्देल प्राय चलचित्रमा लबस्टोरी दृश्यमा देखा पर्ने गर्छन । तर पछिल्लो समय आर्यन पनि एक्सन चलचित्रमा समेत देखिन थालेका छन् ।aabeg
अब फेरी नायक आर्यन सिग्देल नेपाली कथानक चलचित्र ‘आवेग’मा एक एक्सन नायकका रुपमा देखिने भएका हुन् । बसन्त निरौलाले निर्देशन गर्न लागेको चलचित्र ‘आवेग’मा अर्चना डेलाल आर्यनको साथमा देखिदै छिन् । सूर्य कार्कीले लगानी गर्न लागेका चलचित्र ‘आवेगमा’ आर्यन सिग्देल,अर्चना डेलाल,पवित्रा आचार्य, धु्रव दत्त, रमेश वुढाथोकी आदी कलाकाहरुको मुख्य भुमिका रहने छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले छायंकन गर्ने छन् भने चलचित्रमा अष्ट महर्जन द्धन्द्ध निर्देशन रहने छ । चलचित्र यमन म्यूजिक र वी.एन फिल्मस्को ब्यानरमा बन्न लागेको हो ।

%d bloggers like this: