Thu. Mar 28th, 2024

राते काईला अर्थात सुनिल थापा अब हिन्दी फिल्म ‘मेरी कोम’मार्फत दर्यकमाझ आउदैछन । उक्त फिल्म मेरी कोम को फस्टलुक पोस्टरहरु समेत सार्वजनिक भएका छन ।
पोस्टरमा फिल्मकी मुख्य पात्र नायिका प्रियंका चोपडा लाई नै विषेश रुपमा देखाइएको छ ।Mero-kom-firstlook-in
ओलम्पिक मेडल बिजेता र पाँच पटक वल्र्ड च्याम्पियन भइसकेकी भारतीय महिला बक्सर ‘मेरी कोम’को जीवनीमा आधारीत फिल्ममा प्रियंकासँगै अभिनेता सुनिल थापाको पनि मुखय भुमिका रहेको छ । मेरी कोम मा प्रियंका मेरी कोम को भुमिकामा छिन भने नेपाली अभिनेता सुनिल थापा प्रियंकाको गुरु को भुमिकामा देखिदैछन । विग ब्यानरको हिन्दी फिल्ममाअभिनय गरेका सुनिलको लागी यो अवसर र चुनौती दुुवै तरीकाले हेरएिको छ । फिल्मलाई ओमुंग कुमारले निर्देशन गरेका हुन । त्यस्तै फिल्मलाई भने सञ्जयलिला भन्सालीले निर्माण गरेका हुन । ‘मेरी कोम’ यहि सेप्टेम्बर ५ देखी प्रर्दशनमा आउने छ ।Mero-kom-firstlook1-in

%d bloggers like this: