Fri. Mar 29th, 2024

क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चर्सको प्रस्तुतिमा निर्माण चलचित्र ‘आभाष’को छायांकन सम्पन्न भएको छ । युवा निर्देशक सुरेन्द्र पौडेलको निर्देशनमा तयार चलचित्र आभाषको आईतबार छायांकन सम्पन्न भएको हो । ‘आभाष’को काठमाडौं, पोखरा, जिरी लगायत थुप्रै पर्यटकीय स्थलहरुमा छायांकन गरिएको छ ।17
‘लुट’ लगायतका सर्वाधिक चर्चित चलचित्रको भिडियो इडिटरका रुपमा काम गरेका निर्देशक पौडेलले चलचित्र निर्देशकको रुपमा पहिलो पटक ‘आभाष’ मा काम गरेका हुन् । उनले निक्कै राम्रोसंग काम सम्पन्न गरेकाले चलचित्र राम्रो बन्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ ।
सुरेन्द्र पौडेल,पवन श्रेष्ठ,गोविन्द शाही र दिपक शाहीको लगानीमा निर्माण भएको चलचित्रमा हट नायिकाका रुपमा चिनिने निशा अधिकारी, प्रकृति श्रेष्ठ , चलचित्र सायदबाट निकै प्रशंसा बटुलेका कलाकार सुनिल रावल, संयम पुरी, होष्टेलबाट परिचचित कलाकार सलोन बस्नेत, आष्मा डिसी लगायतको अभिनय छ ।nisha aa
आष्मा कलाकार तथा ‘भिजे’ का रुपमा परिचित छन् । यसअघि ‘कहाँ छौ कहाँ’, ’पराई’ ‘संसार आफ्नै’ लगायतका सफल चलचित्र निर्माण गरिसकेका निर्माता तथा नायक गोविन्द शाहीले ‘आभाष’ मा अतिथी कलाकारका रुपमा अभिनय गरेका छन् ।
हेर्नुस चलचित्र ‘आभाष’ भित्रका केहि तस्विरहरु:
12
3
4
5
6
7
12
11
10
9
8
13
14
15
16
18

%d bloggers like this: