Fri. Apr 19th, 2024

हाल अमेरिकामा रहेका गीतकार टेकु क्षेत्रीको पहिलो एल्वम ‘सम्रिध’ कान्तिपुर एफ एमको प्रत्यक्ष रेडियो कार्यक्रम मार्फत विमोचन गरिएको छ ।’सम्रिध’को गत असार १६ गते प्रमुख अतिथि डा. कृष्णहरी बरालको उपस्थितिमा रेडियो कान्तिपुरको स्टुडियोमै लाखौ स्रोताहरुको बिचमा बिमोचन गरिएको हो ।samridh-960x641
रेडियो कान्तिपुरबाट चर्चित कार्यक्रम संचालक हेम सुबेदी, प्रमुख अतिथि डा. कृष्णहरी बराल, गायक तथा संगीतकार कमल रसाइली र गायिका योजना पुरीले संयुक्तरुपमा एल्बम सार्वजनिक गरेका थिए ।
एल्वमका समाहित सम्पुर्ण गितहरु उत्कृष्ट बनेकाले पनि स्रोताहरुको मन सहजै जित्ने गीतकार  क्षेत्रीले विश्वास लिएका छन । गितमा संगीतकार हरि लम्साल, कमल रसाइली, दीपक दशनामी र किरण गजमेयरले ले संगीत भरेका छन।tek-300x224
एल्वम ‘सम्रिध’ भित्र रहेका पाचंवटा गितमा अहिलेका चर्चित गायक स्वरुपराज आचार्य, शिव परियार, गायिका अन्जु पन्त र योजना पुरीले र गायक कमल रसाईलीको स्वर रहेको छ ।
सुनौ एल्बमभित्र समाहित सम्पुर्ण गितहरु अडियोमार्फत:

%d bloggers like this: