Wed. Feb 5th, 2025

बलिउड चलचित्रकी सुपरस्टार नायिका कैटरीना कैफले चलचित्र ‘बैंग बैंग’ को एउटा गीतमा डिजाइनर गैविन मिगुललाई दुई वटा गाउन डिजाइन गर्नका लागी एक करोड भन्दा माथिको खर्च गरेकी छिन् । यस अगी यस डिजाइन अनीता श्रॉफले गरेकी थिइन तर सो डिजाइन निर्माता र निर्देशकलाई राम्रो नलागे पछि फेरी अर्को डिजाइन गरिएको हो ।
570_Katrina-Kaif-excited-for-Big-Bang-movie-6346
रातो र ओरेन्ज रंगको दुई वटा गाउन डिजाइन गर्न एक करोड भन्दा माथि लागेको थियो । निर्माता र निर्देशकलाई अनीता श्रॉफले डिजाइन गरेको गाउन राम्रो नलागे पछि कैटरीनाले नै गैविन मिगुललाई डिजाइन गराउन लगाएकी थिइन सो डिजाइन गरे बापत कैटरीनाले एक करोड भन्दा माथि तिरेकी छिन् । यति महंगो गाउन डिजाइन गर्न निर्माता तयार थिएनन् तर कैटरीनाले जिद्धि गरेपछि बाध्य भएर निर्माताले सो रकम तिरेका थिए ।
कैटरीना आफनो लुक्सका लागी कुनै पनि सम्झौता नगर्ने नायिकामा पर्छिन् । उनलाई मन परेको चिज कुनै पनि अबस्थामा पाउनै पर्छ त्यसैले पनि बलिउड चलचित्र मध्यकी एक जिद्धि नायिकाको रुपमा पनि कैटरीनालाई चिनिने गरिएको छ । चलचित्र ‘बैंग बैंग’मा कैटरीनाले ऋतिक रोशनको साथमा काम गरेकी छिन् । चलचित्रको फस्टलुक सार्वजनिक भइसकेको छ । चलचित्रको फस्टलुकले नै यति बेला बलिउडमा धमका मच्चाएको छ । चलचित्र ‘बैंग बैंग’लाई सिदार्थ आनन्दले निर्देशन गरेका छन् । चलचित्र बैंग बैंग’ अक्टुबर २ मा प्रदर्शन हुने भएको छ ।