एकपछि अर्को फिल्मको सफलताबाट हौसिएपछि फिल्म’ नाइँ नभन्नु ल’ युनिटले पुन अर्को सिक्वेल बनाउने भएको छ । ‘नाई नभन्नु ल २’ को सफलता सेलाउन नपाउंदै ‘नाइँ नभन्नु ल’ को तेस्रो सिक्वेल पनि बन्न सुरु भएको छ । आज असार १८ गते जन्मदिन मनाईरहेका अनुभव रेग्मी नै ‘नाइँ नभन्नु ल ३’ को पनि मुख्य पात्र हुने पक्का भएको छ । बाल कलाकार अनुभव रेग्मीको जन्मदिनको अवसर पारेर गीत रेकर्डिङ सुरु गरिएको फिल्मको भदौ महिनाको अन्त्यबाट छायांकन पनि सुरु हुने बताएको छ ।
यसअघि पहिलो र दोस्रो सिक्वेल पनि संगीतकै कारण चर्चा र सफलतामा पुगेकाले ‘नाइँ नभन्नु ल ३’ लाई पनि संगीत प्रधान नै बनाउने तयारी भइरहेको छ । यस सिक्वेललाई भने नियमित निर्देशक विकास आचार्यले निर्देशन नगर्ने भएका छन । नाई नभन्नु ल २ मा सहायक निर्देशकको रुपमा काम गरेसकेका मुस्कान ढकालले निर्देशन गर्ने भएका हुन ।