Fri. Apr 19th, 2024

भ्रष्टचार र राजनितीको विषयलाई प्रस्तुत गरिएको फिल्म ‘सम्बोधन’को प्रोमोश्नल गीत रिलिज गरिएको छ ।केही दिन अघिसम्म जिन्दावाद रहेको नामलाई अचानक परिवर्तन गर्दै ‘सम्बोधन’ गराईको थियो ।  फिल्ममा दयाहाङ राई, विनय भट्ट र शुलेमान शंकर ‘इकुु’  नम्रता श्रेष्ठ र प्रशान्त ताम्राकारलाई मुख्य भूमिकामा देख्न सकिनेछ ।भर्खरै सार्वजनिक गीतमा ‘सरकारी कुत्ता’ भन्ने शब्दले सबैको ध्यान केन्द्रित गरेको छ ।  ।
Sambodhan
आखिर गितमा  सम्बोधन गर्दै किन’ सरकारी कुत्ता’ भनियो त त्यो भने गोप्य नै राखिएको छ ।  बिष्णु लामाले  लगानी गरेको यो फिल्मलाई हेमराज बिसीले लेखन  तथा निर्देशन गरेका हुन् । रेड रोज इन्टरटेन्मेन्टको व्यानरमा निर्मित थ्रीलर जनराको यो फिल्म भाद्र ६ गतेबाट प्रदर्शनमा आउँने  निर्माता सरोज न्यौपानेले बताएका छन ।
यसअघि ‘होस्टल’ फिल्म निर्देशन गरेर ख्याति पाएका हेमराजले ‘सम्बोधन’लाई पनि उत्कृष्ट बनाउन कुनै कसर बाकीं नराखिएको समेत बताएका छन । यता अहिले सार्वजानिक गरीएको प्रोमोश्नल गीतमा जलप व्याण्डका जयन जेको शब्द तथा संगीत रहेको छ ।
सुरुवात नै भागदौड र गालीगलौजबाट भएको यो गितमा  दयाहाङ राई, विनय भट्ट र शुलेमान शंकर ‘इकुु’लाई विषेश रुपमा देख्न सकिन्छ ।
 
 
हेरौ फिल्मको पहिलो सार्वजानिक यो गित:

%d bloggers like this: