Thu. Mar 28th, 2024

नेपाली चलचित्रक्षेत्रमा भेटि र लफडा जस्ता चलचित्र निर्माण गरिसकेका नारायण खतिवडा अब फेरि अर्को चलचित्रको निर्माण गर्ने भएका छन् । ‘मेरो मान्छे’ नामक चलचित्र निर्माण गर्न लागेका नारायणले नायकका रुपमा दीपक ढकाल देखिने भएका छन् ।

nepali movie

पहिलो चलचित्र डिब्यु गर्ने लागेका दीपक ढकालसगँ मोडल तथा नायिका सगुन शाही देखिने भएकी हुन् । सगुनको भने यो चलचित्र दोस्रो हो । सगुनले यस अघि चलचित्र ‘दुवानी’ मा अभिनय गरेकी थिइन् । यस्तै चलचित्र ‘मेरो मान्छे’का लागी मिस्स थापा पनी चलचित्रमा नायिकाको रुपमा देखिदै छिन् । फिल्म ‘मेरो मान्छे’ को लागि नयाँ नायक खोज्ने क्रम मा चलचीत्रको लागी दीपक अनुबन्धीत भएका हुन ।
चलचित्रमा अहिलेको समयमा बास्तविक माया र प्रेम हराउदै गएको छ आखिर मायामा के के हुनसक्छ भने कुरालाई चलचित्रमा देखाउन खोजिएको निर्देशक राज संगम ले बताएका छन् । नेपाली रजतपटका दुई वटा चलचित्र भित्राए पनि सफल हुन नसकेका निर्माता नारायण खतिवडा यो चलचित्र भने सफल हुनेमा ढुक्क छन् ।
चलचित्रको छायाकन भने चितवन पोखरा इलाममा हुने बताइएको छ । चलचित्र भाद्रको पहिलो साता देखी छायाकनमा जाने निर्माता खतिवडाले बताएका छन् । चलचित्रमा हालका चर्चित संगीतकार अर्जुन पोखरलले संगीत दिनेछन् भने चलचित्रमा दीपक लिम्बुं, माण्डवी त्रिपाठी अदी गायक,गायीकाहरुको स्वर रहने छ ।

%d bloggers like this: