चलचित्र ‘रंग बैजनी’ युनिट डबिंग कार्यमा व्यस्त

१२ बर्ष पछि निर्देशन कार्यमा फर्किएका एक सफल निर्देशक शम्भु प्रधानद्धारा निर्देशित चलचित्र ‘रंग बैजनी’को छायंकन कार्य सम्पन्न भएर हाल डबिग कार्यमा व्यस्त भएको छ । बागबजारमा रहेका सिने जोन स्टुडियोमा हाल रंग बैजनीको डबिंग कार्य भइरहेको निर्देशक प्रधानले बताएका छन् ।
10464172_10202919974893557_6087070853930922468_n
चलचित्र ‘रंग बैजनी’ मा नायिका गरिमा पन्त र सुमिना घिमिरे रहेका छन् भने नायकमा दिक्पाल कार्की देखिने भएका छन् । चलचित्रलाई नुतन प्रधानले निर्माण गरेकी छिन् । नुतन शम्भु प्रधानका श्रिमती समेत हुन् ।
हाल चलचित्र डविग कार्यमा भएका कारण चलचित्रको मिति भने अहिले नतोकिएको र्निमात्री नुतन प्रधानले बताएकी छिन् । तर चलचित्र तिजलाई लक्षित गरेर निर्माण भएको स्रोतको भनाई छ । चलचित्रमा एउटा गीत तिजको भएका कारण चलचित्र रंग बैजनी तिजमै प्रदर्शन हुन सक्ने बताइएको छ । चलचित्रलाई सशांक प्रधानले खिचेका हुन्।