Tue. Apr 23rd, 2024

नेपाली सांगीतिक आकाशमा निकै लामो समय देखी सयौ गीतहरुमा स्वर दिइसकेकी गायिका हुन् अन्जु पन्त । जसको स्वरमा लाखै दर्शक,स्रोता मोहित हुन गर्दछन् । चलचित्रका गीत देखी आधुनिक गीतहरु सम्म स्वर भरिसकेकी एक सफल गायिका अन्जु पन्तले आफनो ३३ औं जन्मदिन मनाएकी छिन् ।

anju-panta-image-322a729e6b27de203e6827af34e263a5a5ee8e89d8

ललितपुरमा अवस्थित कृपा हाउसमा बालबालिका तथा वृद्धाश्रम सगैं बसेर उनले आफनो ३३ औं जन्मदिन मनाएकी हुन । अन्जुको जन्मदिन असार १० गते भएपनि आफनो कामको शिलशिलाले कुवेतमा रहदा आफनो जन्मदिन मनाउन नपाएको अन्जुले बताएकी छिन् । विगत ४ बर्षदेखी वृद्धवृद्धा तथा बालबालिकासँग बसेर आफुले जन्मदिन मनाउने गरेको अन्जुले बताइन् । अन्जुले वृद्धा तथा बाल,बालिकाहरु केक खुवाउदै वृद्धाहरुलाई सारी र बाल, बालिकाहरुलाई अन्जुले लुगा वितरण गरेकी थिइन ।

%d bloggers like this: