Fri. Apr 26th, 2024

 काठमाडौं । डान्स इन्डिया डान्स (डीआईडी)लिटिल मास्टर्स सिजन ३ को विजेता टेरिया मगर आज दिउसो २ बजे काठमाडौं आइपुगेकी छिन् । त्रिभुबन अन्तरराष्ट्रिय विमानस्थलमा टेरियालाई भब्य स्वागत गरिएको थियो ।
teriya
१२ वर्षीया तेरिया फैजा मगर असार ७ भारतीय च्यानल जि टिभीबाट प्रशारण हुने गरेको डान्स इन्डिया डान्सकी विजेता बनेकी थिइन् । टेरियाले सो डिआइडिको विजेताको कप सगै ५० लाख भारतीय रुपैया र एउटा कारसमेत पाएकी थिइन । आफुलाई जिताउन मतगर्नुहुने सबैलाई टेरियाले धन्यवाद दिएकी छिन् ।
नेपाल र भारत दुवै देशमा डीआईडीको उपाधि पहिलोे पटक टेरियाले हात परेकी हुन । यस अधि इन्डियन आइडियल प्रसान्त तामाङ्गले पनि नेपाल र भारतमा तहल्का मच्चाएका थिए भने प्रशान्तले पनि इन्डियन आइडियलको उपाधि नेपाल भित्राएका थिए । टेरियालाई नेपालमा धेरै ठाँउबाट सम्मान पाउने भएकी छिन् । नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री प्रकाशमान सिंहले टेरियालाई सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

%d bloggers like this: