Thu. Mar 28th, 2024

चलचित्र नार्इ नभन्नु ल २ ले फिल्मीखबर अवार्ड ओफाको दोस्रो संस्करणमा पाँचवटा अवार्ड हात पारेको छ ।
लोकप्रिय चलचित्रको अवार्ड पाएको नाई नभन्नु ल २ का निर्देशक, संगीतकार, गायक र गीतकारले पनि आआफ्नो विधामा अवार्ड पाएका छन् ।

निर्देशक विकास आचार्य, संगीतकार बसन्त सापकोटा, गायक प्रेम परियार र गीतकार डा कृष्णहरि बरालले अवार्ड हात पारे ।
लोकप्रिय नायक दयाहाङ राई र लोकप्रिय नायिका प्रियंका कार्की भइन् । चलचित्र ६ एकान ६ बाट दीपकराज गिरी र जगदिश्वर थापाले लोकप्रिय स्क्रिप्टको अवार्ड हात पारे ।

लोकप्रिय डेब्यु डाइरेक्टर हेमराज विसी, लोकप्रिय गायिका मिलन अमात्य, लोकप्रिय नवनायिका अशिष्मा नकर्मी, लोकप्रिय नवनायकको अवार्ड अनमोल केसीले पाए ।
त्यस्तै छायाकार पुरुषोत्तम प्रधान, सम्पादक विपिन मल्ल, कोरियोग्राफर कविराज गहतराज, कष्ट्युम डिजाइनर निलिमा शर्मा आआफ्नो विधामा लोकप्रिय ठहरिए ।

क्रिटिक्स तर्फको अवार्ड भने चलचित्र मोक्षले प्राप्त गर्न सफल भएको छ भने उत्कृष्ट प्रर्दशक तर्फको अवार्ड भने झापा दमकको निलकण्ठ चलचित्र मन्दिरले प्राप्त गरेको छ ।

कार्यक्रममा चर्चित लेखक तथा निर्देशक स्वर्गिय शिव रेग्मीलाई मरणेपरान्त लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मान गरिएको छ । रेग्मीकी पत्नी ज्ञानुलाई सञ्चारमन्त्री मिनेन्द्र रिजालले दोसल्ला ओडाएर निर्देशक रेग्मीको अवार्ड हस्तान्तरण गरेका थिए ।

%d bloggers like this: