Fri. Apr 26th, 2024

‘१५ औं चलचित्र पत्रकारिता दिवस’ काठमाडौंमा बिभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा चलचित्र पत्रकार संघले बुधबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै बिभिन्न बिधामा पुरस्कार तथा सम्मान वितरण गरेको छ ।

चलचित्र पत्रकार संघले संघ दर्ता भएको दिन जेठ ७ लाई चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको छ ।

चलचित्र पत्रकारिता दिवसको अवसरमा ‘चलचित्र पत्रकारिता पुरस्कार र सम्मान’ पनि वितरण गरिएको छ । त्यसमध्य ‘चलचित्र पत्रकारिता सम्मान’ बाट चर्चित रंग पत्रकार विदुर गिरी सम्मानित भएका छन् ।

यस्तै ‘चलचित्र पत्रकारिता पुरस्कार’बाट दुई चर्चित रंग पत्रकार कृष्ण भट्टराई र राज श्रेष्ठ पुरस्कृत भएका छन् ।

यस्तै कार्यक्रममा नेपाली सिनेमा सम्बन्धी विभिन्न संघसंस्थाका प्रतिनिधी, चलचित्र क्षेत्रका चर्चित नायिकाहरु सहभागी थिए । दिवसकै अवसर पारेर चलचित्र पत्रकार संघको नयाँ वेभसाइट पनि सुरुवात गरिएको छ ।

%d bloggers like this: