Thu. Mar 28th, 2024

काठमाडौं वैशाख ३१ । टर्कीको मिलासस्थित केफालुका रिसोर्टमा गत सोमबार राती भएको ‘लिटिल मिस वल्र्ड युनिभर्स’को प्रतियोगितामा नेपालकी दृष्टि दाहालले शीर्ष उपाधि जितेकी छिन् । मोरङ उर्लाबारी घर भई हाल डिल्लीबजारस्थित एनआइसी एकेडेमीमा कक्षा आठमा अध्ययनरत १२ वर्षीया उनले २२ मुलुकका ४३ प्रतिष्पर्धीलाई उछिन्दै शीर्ष उपाधि चुमेकी हुन् । उनले शीर्ष उपाधिसँगै ‘मिस ट्यालेन्ट’ को विधागत उपाधि पनि आफ्नो पोल्टामा पारेकी छन् ।
दृष्टि गत फागुन ३ गते राजधानीमा इप्लानेटले आयोजना गरेको ‘लिटिल मिस नेपाल’ को विजेता हुन् । दृष्टिले उपाधिसँगै प्रशंसा पत्र तथा विभिन्न उपहार र पुरस्कार पनि हात पारिन् । प्रतियोगितामा उनले डिजाइनर विन्जना गुरुङले तयार पारेको पहिरनमा नेपालको संस्कृति झल्कने आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन् । दृष्टि आमा यशोदाका साथ टर्की गएकी थिईन् । प्रतियोगितामा सहभागिता जनाउनु अघि उनलाई कलाकार शिरोमणी दवाडी, सञ्चारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्य, डाली खनाल, सुरेश के.सी तथा सौन्दर्यविद् ओकाशा मुल्मी लगायतले विविध विषयमा प्रशिक्षण दिएका थिए । इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाका अनुसार विगत २१ वर्षदेखि टर्कीमा आयोजना हुंदै आएको बालबालिका सम्बन्धी यो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिता जनाएको हो ।
राजधानी र मोफसलमा बालबालिका तथा किशोरी र युवतीदेखि गृहिणीहरुसम्मका लागि प्रतिभामुखी तथा सौन्दर्यमुखी प्रतियोगिताहरु आयोजना गर्दै आएको ईप्लानेटले विभिन्न अन्तराष्ट«िय प्रतियोगितामा सात उपाधि नेपाल भित्रयाईसकेको छ । संस्थाले  ‘गौतम बुद्ध र सगरमाथा नेपालीको पहिचान सम्पदाको सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको सौन्दर्य प्रतियोगिताकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेशनल’ आयोजना गर्ने तयारी गरिरहेको छ ।
2
2_1
8
9

%d bloggers like this: