Wed. Apr 24th, 2024
हरेक देशले आफ्नो सडकलाई अत्यन्त राम्रो र विकसित बनाउन चाहन्छ । तर केही सडक यस्ता पनि छन् जसलाई चाहेर पनि विकसित गर्न मुस्किल पर्छ । त्यसैकारण पनि यी सडकलाई विश्वकै सबैभन्दा खतरनाक सडकका रुपमा चित्रण गरिएको छ । यी सडक अत्यन्त संवेदनशिल र ज्यानमारा किसिमका छन्, जसमा गाडी कुदाउँदा मृत्युको बाटो हिडिरहेको अनुभव यात्रुले गर्छन् ।
विश्वकै सबैभन्दा खतरनाक १० सडकको बारेमा हामी यहाँलाई जानकारी गराउँछौं ।
1
जसमा पहिलो रहेको छ नर्वेको अटलान्टिक रोड । नर्वेको यो अत्यन्तै संवेदनशिल सडक सन् १९८६ मा बनाउन शुरु गरिएको थियो । यसलाई नेशनल टुरिष्ट रुट्सको नामले चिनिन्छ । यसको निर्माण ६४ कन्ट्री रोडको रुपमा शुरु गरिएको थियो । यो यति खतरनाक छ कि जो कोही पनि यात्रा गर्न डराउँछन् । यो सडकको लम्बाई साढे आठ किलोमिटर रहेको छ ।
2
नर्वेको अर्को सडक ट्रोलस्टिगेन सडक युरोपको सबैभन्दा खतरनाक सडक मानिन्छ । यो सडकको चौडाई कतै कतै ९ फिट भन्दा कम छ । यसकारण पनि यहाँ बढी ट्राफिक जाम हुने गरेको छ । चिसो मौसममा यो सडकमा हिउँ जम्छ र पहिरोको बढी खतरा हुने गरेको छ । यसकारण अक्टोबरदेखि मे महिनासम्म यो सडक बन्द रहन्छ ।
बोलिभियाको युनगास प्रान्तमा रहेको द रोड अफ डेथ पनि सर्वाधिक खतरनाक सडक मानिन्छ । यो बोलिभियनको एण्डीजमा रहेको छ । यसको लम्बाई २४ मिल छ । यो सडक यति खतरनाक छ कि दुईवटा गाडी साइड दिएर हिड्नै सक्दैनन् ।
3
फ्रान्सको कोल डे ट्ररिनी सडक पनि अर्को खतरनाक सडकमा पर्छ । यो सडक एक मिलको उचाई र १९ मिलको लम्बाईमा फैलिएको छ । यो सडकमा रहेका ३४ वटा यस्ता खतरनाक गोलाई छन्, जो दुर्घटनाको कारण बन्ने गर्दछन् ।
4
पाकिस्तानमा रहेको काराकोरम हाईवे विश्वकै आठौं आश्चर्य युक्त खतरनाक सडकमा पर्दछ । यो सडक निकै खर्चिलो सडकमा गनिन्छ । ९०७ मिल लामो यो सडकको निर्माण १९६६ मा भएको थियो । जसको लागत तीन विलियन डलर थियो ।
5
चीनको गुओलियांग टनल रोड यस्तो खतरनाक रोड हो, जसको निर्माण स्थानीय बासिन्दाले नै गरेका थिए । विभिन्न अलग अलग बाटो प्रयोग गरेर हैरान भएका बासिन्दाले आफ्नै ज्यानलाई जोखिममा राखेर यो बाटो बनाएका थिए । भीरमा सुरुङ खोपेर बनाइएको यो बाटो बनाउन पाँच वर्ष लागेको थियो । एउटै चट्टानमा निर्माण गरिएको यो बाटोमा सन् १९७७ मा पहिलो कार पास भएको थियो । विश्वकै विख्यात यो सडक १.२ किलोमिटर लामो र १६ फिट उचाई तथा १३ फिट चौडा छ ।
6
रुसको साइबेरियन रोड टू याकुतस्क रोड याकुतस्क जोड्ने यस्तो खतरनाक सडक हो, जहाँ मौसम खराब भएको बेला यात्रा गर्दा नर्कमै पुगेको अनुभव गरिन्छ । किनकी हिलोयुक्त यो बाटोमा कुनै एक गाडी फस्यो भने त्यसलाई निकाल्न हप्तौं समय लाग्छ ।
7
अफगानिस्तानको काबुल–जलालाबाद हाईवेलाई पनि ज्यानमारा सडकको रुपमा चित्रण गरिन्छ । १९ औं शताब्दीमा यो सडक डकैती र लुटपाटको कारण प्रख्यात थियो । आज पनि अधिकांशले यो सडकलाई मृत्युको सडक मान्दछन् ।
8
इटलीको पासुबिओ सडकलाई धेरैले राजमार्ग मान्दैनन्, किनकी यो सडकमा साइकल, मोटरसाइकल र पैदलयात्री मात्र हिड्छन् । भीरमा बनेको कारणले पनि यो सडकमा जोकोही हिड्न मान्दैनन् ।
9
भारतको कश्मीरमा रहेको जोजिला मार्ग पनि खतरनाक सडकमा पर्दछ । श्रीनगरलाई जोड्ने यो मार्ग भारतको राष्ट्रिय राजमार्ग १ डीको एक हिस्सा हो । हिमालयन पर्वतीय उचाईमा रहेको यो सडक भीरमा नै बनेको कारण पनि खतरनाक छ ।
10
%d bloggers like this: