Mon. Feb 24th, 2025

काठमाडौं, फागुन ११ । लोकगायिका निशा सुनारले नृत्यनिर्देशक शंकर विसीसँग विवाह गरेको केही दिनअघि सार्वजनिक भएको थियो । धेरै मिडियामा शंकरसँग उनको तेस्रो विवाह भएको आएको थियो । आफूले यसअघि विहे नै नगरेको दाबी गर्दै अमेरिकाबाट निशाले भनिन्, ‘मेरा दुई श्रीमान् खोई ?’ मनोरञ्जनसंसारको सम्पर्कमा आएकी उनले मिडियाले चरित्र हत्या गरेको भन्दै ‘तेस्रो विवाह भएको’ भनिएकोमा आपत्ती जनाएकी हुन् ।
यसअघि एकजना पुरुषसँग अफेयर मात्रै रहेको बताएकी छिन् । उनले कसम खाँदै भनिन्, ‘कसम, मेरो सिउँदो पहिलोपल्ट भरिएको हो ।’ कार्यक्रमको सिलसिलामा अमेरिका पुगेकी उनले फर्किने अनुमति पाइनन् । बच्चा जन्माउने मिति नजिकिएका कारण उडान कम्पनीले उनलाई लामो यात्राका लागि अनुमति नदिएको हो । उनले आगामी मार्च २२ मा डेलिभरी डेट पाएकी छिन् । बच्चालाई जन्म दिएलगत्तै नेपाल फर्किने बताएकी छिन् ।