Mon. Feb 24th, 2025

सर्वाधिक चर्चा पाउन सफल फिल्म ‘मोक्ष’ युनिटले व्हीलचियर प्रयोगकर्ता खेलाडीलाई फिल्म देखाएको छ । आइतबार राजधानीको बिग सिनेमामा नेपाल राष्ट्रिय व्हीलचियर बास्केटबल टिमलाई ‘मोक्ष’ देखाएको हो।

मेरुदण्ड पक्षघात हुनेगरी निर्देशक प्रविन श्रेष्ठको जिवनमा घटेको दुर्घटना र सफल साँगीतिक यात्रालाई मुख्य विषय बनाइएको फिल्म हेर्न पाउदा खुसी  हेर्दा आफ्नै कहानी जस्तो लागेको र कतिपय दृश्यमा आशु झरेको फिल्म हेरेपछि व्हीलचियर बास्केटबल टिमका क्याप्टेन हिमाल अर्यालले बताए। त्यस्तै, अन्य खेलाडीहरुले पनि खुसी ब्यक्त गर्दै फिल्ममा आफ्नै कथा हेर्न पाएकोमा निर्माण पक्षलाई धन्यवाद दिए।

निर्माता सुनिल मानन्धरको पनि ‘व्हीलचियर बास्केटबल टिमलाई उनीहरुकै कथामा फिल्म देखाउना पाउदा गौरब लागेको र यस्तो फिल्म बनाएर आफुले समाजमा एउटा संदेश दिएको भनाइ थियो । ‘मोक्ष’ले प्रदर्शनको दोश्रो सातामा आउदासम्म राम्रो व्यापार गरेको र विदेश प्रदर्शन बाट पनि झन्डै ५५ लाख कमाएको मानन्धरको भनाइ छ । निर्देशक प्रविन श्रेष्ठका अनुसार अझै विदेशकाबाट माग आएकाले ‘मोक्ष’ प्रदर्शन हुन गइरहेको छ।