Sat. Apr 20th, 2024

बलिउड स्टार सलमान खानको नाममा स्थापित ‘सलमान खान फाउन्डेशन’ को ‘बिइङ् हुमन’ स्लोगन अंकित कपडाको शोरुम नेपालमा पनि विस्तार हुने भएको छ । नेपालको स्वास्थ्य र शिक्षामा सहयोग पुर्याउने भन्दै एबिसिडिई ईन्कले ‘सलमान खान फाउन्डेशन’ को ‘बिइङ हुमन’ स्लोगनको शोरुम नेपालमा विस्तार गर्न लागेको हो ।
व्यावसायमुलक सामाजिक संस्था बताइएको एबिसिडिइ ईन्कले ‘सलमान खान फाउन्डेशन’ को ‘विइङ हुमन’ अंकित कपडाको आधिकारिक शोरुम सञ्चालमा ल्याउने बारे जानकारी गराउन हिजो प्रेसमिट आयोजना गर्यो । ‘बिइङ् हुमन’ को शोरुम सञ्चालनमा ल्याउने पहिलो राष्ट्र फ्रान्स हो भने नेपाल पन्ध्रौं नम्वरमा परेको छ ।
मनिषा कोइरालाका भाई सिद्धार्थ यसका नेपाल प्रमुख रहनेछन । फेब्रुअरी ९ तारिखदेखि दरबारमार्गस्थित राइजिङ मलको पहिलो तलामा ‘बिइङ हुमन’को शोरुम सञ्चालनमा आउनेछ । राइजिङ मलसँगै राजधानीकै सिभिल ट्रेड सेन्टर र ईटहरीमा पनि उक्त शोरुम केही समयपछि सञ्चालनमा ल्याइने अध्यक्ष गुरुङले बताए । अभिनेता खानलाई आगामी दशैं तिहारको बिचमा च्यारेटी कन्सर्टका लागि नेपाल ल्याउने तयारी समेत भैरहेको कार्यक्रममा जानकारी गराइयो ।

%d bloggers like this: