Wed. Mar 12th, 2025

काठमाडौं, माघ १३। कलंकी सिनेमा प्रालिका संचालक समितिका अध्यक्ष चन्द्रलाल तण्डुकारको हृदयघातका कारण निधन भएको छ। कालीमाटी स्थायी घरबाट त्रिपुरेश्वरको ब्लु क्रस हस्पिटल लैजाँदै गर्दा माघ १२ गते बिहान अध्यक्ष तण्डुकारको निधन भएको बताइएको छ।  उनको निधनप्रति दुःख ब्यक्त गर्दै माघ १३ गते एक दिनका लागि हल बन्द गर्ने निर्णय गरिएको छ । मनोरञ्जनसंसार परिवार तण्डुकारको असामयिक निधनप्रति गहिरो दुःख ब्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ।