Wed. Apr 24th, 2024

एजेन्सि, माघ ८ । अभिनेता जोन अब्राहमसँगको ब्रेकअपपछि बलिउड अभिनेत्री विपाशा बसुको मन भाँच्चिएको थियो । प्रेमप्रति आफ्नो विश्वास नरहेको उनी निकटवर्तीहरूसँग बताउने गर्थिन् । तर, प्रेमप्रतिको उनको रोष शान्त भएको छ । उनी अहिले हर्मन बवेजासँग प्रेममा मस्त छिन् । उनीहरूबीचको सम्बन्ध ज्यादै प्रगाढ बन्दै गएको र यो सम्बन्ध अन्ततः बिहेमा टुंगिने लख उनीहरूलाई नजिकबाट नियालिरहेकाहरूले काट्न थालेका छन् ।
हर्मन पनि विपाशा भनेपछि मरिमेट्छन् । ‘हर्मनले मोबाइलको वालपेपरमा विपाशाको फोटो राखेका छन्,’ स्रोतले भन्यो । भारतीय अनलाइनहरूका अनुसार यो वर्ष बिहे गर्न ठीक हुन्छ कि हुँदैन भन्ने बुझ्न उनीहरूले ज्योतिषसँग जोखनासमेत हेराइसकेका छन् ।

%d bloggers like this: