बिहेबाट भाग्न चाहन्छिन् कंगना

मुम्बई, २१ पुस (एजेन्सी) । बलिउडकी ‘हट’ अभिनेत्री कंगना रनावत बिहे भन्नेवित्तिकै तर्सिन्छिन् । उनलाई बिहे बन्धनजस्तै लाग्छ । जीवन्त अभिनयका कारण छोटो समयमै बलिउडमा जम्न सफल कंगना भन्छिन्, ‘बिहे गर्नु भनेको बन्धनमा बाँधिनु हो । तयसैले अहिले बिहेबारे सोचेकै छैन ।’
बिहे गरेपछि थुप्रै अभिनेत्रीको फिल्म्ी करिअरमा ‘ब्रेक’ लागेको देखेकी कंगनाले अहिले आफू कामैमा केन्द्रीत रहेको बताइन् । ‘मेरो जीवनका लागि सबैथोक काम हो, यी अभिनेत्रीले भनिन्, ‘अरुतिर त सोच्ने फुर्सदै छैन ।’ उनले बिहेलाई बन्धनको रुपमा परिभाषित गर्दै तत्काल बिहे गर्ने मुड नभएको र सिंगल नै ठीक भएको सुनाइन् । ‘बिहे गर्नु भनेको बाँधिनु हो, त्यसैले सिंगल नै ठिक छ’ कंगनाले भनिन्, ‘मलाई कसैको साथको आवश्यक पनि छैन ।’ बलिउडमा विन्दास अभिनेत्रीको छवि बनाइएकी कंगनाले एक्लो रमाउनुको मज्जा बिहे गरेपछि समाप्त हुने धारणा सुनाइन् । यी अभिनेत्री हिजोआज आफ्नो आगामी फिल्म ‘क्वीन’ को प्रमोशनमा व्यस्त छिन् ।

Back To Top