Fri. Apr 26th, 2024

काठमाडौं, १३ पुस । संविधानभाको सभासद् बन्न राजनीतिक मैदानमा निस्किएका चलचित्र अभिनेता भुवन केसीको सपना चक्नाचुर भएको छ । नेकपा एमालेमा लागेर खुलेरै चुनावी मैदानमा हिडेका भुवनलाई अन्ततः समानुपातिकतर्फबाट समेत सभासद् बन्न पाएनन् । एमालेले शुक्रबार साँझ अबेर तयार पारेको समानुपातिकतर्फको सभासद् सुचिमा भुवनको नाम छैन । एमालेले शुक्रबार समानुपातिकतर्फ ८४ जनाको नाम सार्वजनिक गरेको हो ।
एमालेले भुवनलाई संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ उम्मेदवारी फिर्ता गर्न लगाएर समानुपातिक सुचिमा राखेको थियो तर, अन्तिम अवस्थामा पार्टीले भुवनलाई सुमानुपातिकमा पारेन । एमालेले आफ्नो समानुपातिकतर्फ टुंगो लगाएका सभासद् सुचिमा जनजाती, दलित, खस, महिलालगायत ८४ जना छन् । उक्त सुचि एमालेले आइतबार निर्वाचन आयोगमा बुझाउँदै छ ।

%d bloggers like this: