Thu. Mar 28th, 2024

विभिन्न खाले संचार माध्यममा आउने गसिपले सेलिव्रेटीलाई चर्चा मात्रै हैन तनाव पनि दिन्छ । गत हप्ता साप्ताहिक पत्रिकाले गसिप बनाएर समाचार प्रकाशन गर्दा अभिनेत्री निता ढुङ्गाना पनि येस्तै खाले तनावमा परेकी छिन। साप्ताहिक पत्रिकाले ‘नितताको पनि सेक्स टेप’ शिर्षकमा गसिप प्रकाशन गरेको थियो ।
सेक्स टेप प्रकरणमा परेकी एक युवतीको भूमिकामा निताले पत्रकार विदुर खतिवडाले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन। सोहि शिर्षकको गसिपका कारण आफुले तनाव झेलिरहेको निताले बताइन् । निताले भनिन्- ‘मैंले म्यूजिक भिडियोमा अभिनय मात्रै गरेकी हुँ ।
भिडियोको सोही कथालाई गसिप बनाउँदा दर्शक तथा फ्यानलाई सत्य जस्तै लागेछ ।’ निताले सुनाइन्- ‘फेसबुक पेजमा फ्यानले दुःख र गालि व्यक्त गर्दै मप्रति गलत सोच राख्नु भएको छ ।’ नीताले भर्खरै मात्र ‘साला जिन्दगी’ फिल्म साइन गरेकी छिन। निताले त्यस प्रकारको गसिप मिडियाले प्रकाशन गर्नु दुःखद र गहीर जिम्बेवारिपना रहेको बताइन् । पुष २८ मा पर्दशनमा आउने ‘छ एकान छ’की हिरोइन निता अंग्रेजी नयाँ वर्ष मनाउँन अर्को हप्ता कोरिया जाने तयारीमा छिन् ।

%d bloggers like this: