Fri. Apr 19th, 2024

‘एक काम दो पन्थ’ त सबैले सुनेकै होला तर ‘तीन पन्थ’ पनि सुन्न पाइयो । मंगलबार राजधानीमा आयोजित एक क्यासेट विमोचन समारोहमा विशिष्ट अतिथिका रुपमा उपस्थित भएका नेपाली चलचित्रका अभिनेता राजेश हमालले एक प्रशंगमा ‘एक काम तीन पन्थ’ देख्न देख्न पाएको बताए । गायक तथा संगीतकार मेघराज मगरातीको अडियो÷भिडियो एल्बम ‘अनमोल सृष्टि’ विमोचनपछि अभिनेता हमालले ‘एक काम तीन पन्थ’ को प्रशंग ल्याएका हुन् ।
मगरातीले अडियो÷भिडियो क्यासेट विमोचनका निहुँमा आफ्ना तीन उद्देश्य पनि पूरा गरेको भन्दै हमालले ठट्यौलीमा ‘एक काम तीन पन्थ’ भन्दै ब्यंग्य गरेका थिए । कार्यक्रम सञ्चालक हेम सुबेदीले गायक मगराठीले कार्यक्रम आयोजना गर्नुको उद्देश्य  ‘क्यासेट विमोचन गर्नुमात्र नभई अभिनेता राजेश हमाल र हेम सुबेदीलाई भेट्नु पनि हो’ भनेपछि हमालले ‘एक काम तीन पन्थ’ को भेउ पाएका थिए । अडियो विमोचन कार्यक्रम भए पनि पत्रकारमाझ भने  हमालको बिहेको कुराले चर्चा पाएको थियो ।
अभिनेता हमालले केही महिनाअघि पे्रमिका मधु भट्टराईसँग माघ महिनामा बिहे गर्ने बताएका थिए । माघ महिना लाग्न धेरै छैन । त्यसैले उनले आफ्नो बचन पूरा गर्छन् कि गर्दैनन् भन्ने रंग पत्रकारलाई कौतुहलता जागेको हो । तर, हमालले भने आफ्नो बिहेको प्रशंगमा कुरै गरेनन् । एल्बमा रहेका पाँच गीतमध्ये ‘अलिकति खुसी’ बोलको एउटा गीतमा हमालले मोडलिङ गरेका छन । मगरातीको अडियो÷भिडियो एल्बमलाई संगीतकार शम्भुजीत बास्कोटा र हमालले संयुक्त रुपमा विमोचन गरेका थिए ।

%d bloggers like this: