Fri. Apr 26th, 2024

आमिर खान अभिनीत एक्शन थ्रीलर फिल्म ‘धुम–३’ ले बलिउड बक्स अफिसमा धुम मच्याइरहेको छ । यो फिल्मले आँकलन गरेभन्दा बढी प्रदर्शनको तीन दिनमै १ सय करोड रुपैयाँ माथिको व्यापार गरेको छ । फिल्मले तीन दिनमा अल इण्डियामा १ सय ७ करोड ६१ लाख व्यापार गरेको छ ।
व्यापार एनालिस्ट तरुण आदर्शले सोमबार आफ्नो ट्विटर पेजमा ‘धुम–३’ यशराज फिल्मको ब्यानरमा धुमको तेस्रो शृंखला भएको उल्लेख गरेका छन् । यो फिल्मले पहिलो दिन ३६ दशमलव २२ करोड कमाएको थियो भने ३३ दशमलव ३६ र आइतबार ३८ दशमलव शुन्य ३ करोड रुपैयाँको व्यापार गरेको थियो । यस तीन दिनमा मिलाएर १ सय ७ दशमलव ६१ करोड रुपैयाँ कमाएको बताइएको छ ।

%d bloggers like this: