Fri. Apr 26th, 2024

बलिउड स्टार अर्थात सेलिबे्रटीका बैवाहिकसम्बन्ध किन उताव–चढाव भइरहन्छ ? अभिनेता ऋतिक रोशन र सुजैनबीच सम्बन्धविच्छेद भएयता हिजोआज बलिउड नगरीमा यस्तै चर्चापरिचर्चा छ ।
यसैबेला पूर्वमिस वल्र्ड तथा अभिनेत्री ऐश्वर्या राय बच्चनले बलिउडकर्मीको बैवाहिक जीवनमा उताव–चढावबारे मुख खोलेकी छन् । यी अभिनेत्रीका अनुसार एक–अर्कामा विश्वास नगर्नु सम्बन्धविच्छेदको मुख्य कारण हहो । बलिउडमा विश्वासको संकट रहेको ऐश्वर्याको बुझाइ छ ।
बलिउड सिनेमा जगतको वैवाहिक जीवनको प्रभावबारे सोधिएको एक प्रश्नमा बच्चन परिवारकी यी बुहारीले भनिन्, ‘समाजमा सबैको हेर्न देष्टिकोण फरक–फरक हुन्छ । एकअर्कामा विश्वास गरे मात्र उचित र सम्मानजनक समाजमा जिउँने अवस्था हुन्छ । ताकि, जीवन जिउनका लागि  खुसी रहन सक्नुपर्छ ।’
ऋतिक र सुजैनले १३ वर्षपछि सम्बन्धविच्छेद गर्ने निर्णय गरे । आखिर उनीहरुबीच विश्वास टुटेपछि सम्बन्धविच्छेद गर्न पुगेको ऐश्वर्याको बुझाइ छ । बलिउडका सेलिब्रेटीको दाम्पत्य जीवन प्रायः खटपट नै देखिन्छ । ‘सबैभन्दा ठूलो कुरा विश्वास हो’ भारतीय सञ्चारमाध्यमसँग ऐश्वर्याले भनेकी छन्, ‘एक–अर्कामा विश्वास भएन भने सँगै बस्ने अवस्था हुँदैन । बलिउडमा विश्वासको संकट देखिन्छ ।’
पछिल्लो समाचारअनुर अनुराग कश्यप र अभिनेत्री कल्की कोचलिनको पनि सम्बन्ध गर्ने अवस्थामा पुगेका छन् । उनीहरुले जतिखेर पनि सम्बन्धविच्छेद गर्न सक्ने भारतीबाट सञ्चालित अनलाइनहरुमा जनाइएको छ ।

%d bloggers like this: