Fri. Mar 29th, 2024

यस वर्ष ‘नातिकाजी विशेष सगीत सम्मानद्वारा गीतकार राजेन्द्र थापा, गायक ध्रुव केसी र संगीतकार शक्तिवल्लभलाई प्रदान गरिने भएको छ । नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बास्कोटाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
त्यस्तै बैठकले गीतकार डा. कृष्णहरि वराल, गायिका लोचन भट्टराई र (३) सगीतकार न्ह्यू वज्राचार्यलाई ‘नातिकाजी सगीत पुरस्कार’द्वारा पुरस्कृत गर्ने निर्णय गरेको छ । यस्तै यसपटक ‘नातिकाजी लोकप्रिय संगीत प्रतिभा पुरस्कार’द्वारा गीतकार वसन्त चौधरी, मिलन अमात्य , संगीतकार हरि लम्साललाई प्रदान गर्ने निर्णय गरिएको  समाजका अध्यक्ष बास्कोटाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पुरस्कारको राशी ११ हजार एक सय १ रुपैयाँ रहेको छ ।

%d bloggers like this: