Fri. Apr 26th, 2024

अभिनेता जीवन लुइँटेल बाबु बनेका छन् । उनका जीवनसाथी अञ्जलीले शनिबार राती ११ बजे छोरा जन्म दिएकी छन् । अञ्जलीले काठमाडौंको बसुन्धरास्थित इशानी बाल अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । जीवन र अञ्जलीले ६ वर्षअघि बिहे गरेका हुन् । डाक्टरले दिएको समयभन्दा एक महिनाअघि नै अञ्जलीले छोरालाई जन्म दिएकी छन् । अञ्जलीको हाई ब्लड प्रेसरका कारण निर्धारित समयभन्दा चाँडै बच्चा जन्मिएको डाक्टरल बताएका छन् । बाबु बन्दा निक्कै खुशी भएको लागेको जीवनले बताएका छन् ।

%d bloggers like this: