Thu. Apr 25th, 2024

फिल्म अभिनेता सुनिल सेट्टी पर्दा बाहिर पनि ‘हिरो’ भएका छन् । फिल्ममा अप्ठेरोमा परेका गरिब र बेसहाराको सहयोग गरेर हिरो हुने रोल धेरै गरेका उनी यसपटक गरिब परिवारकी नेपाली वालिकाको ज्यान जोगाएर हिरो भएका हुन् । 
सुदूरपश्चिमको डडेल्धुराकी १२ वर्षीया लिला नामकी वालिकाको उपचारमा लाग्ने रकम जम्मा गरिदिएका छन् । ब्रेन हेमरेजबाट पीडित वालिकाका आफन्तले डाक्टरले भनेअनुसारको रकम जुटाउन नसक्ने भएपछि वालिकाको ज्यानको माया मारेका थिए । जब सुनिलले यो कुरा थाहा पाए, तुरुन्तै अस्पतालमा चाहिने खर्च जम्मा गरिदिएको इन्डियाबाटा सञ्चालित एक नेपाली अनलाइनले जनाएको छ ।
उत्तराखण्डको उधमसिंहनगरको एक नीजि अस्पतालमा उपचारका लागि भर्ना भएकी वालिकाका वुवा कृष्ण अघिल्लो महिना सुनिल सेट्टीको घरमा चौकीदारको काम गर्न गएको बताइएको छ । उनले वालिकाको उपचारार्थ चाहिने रकमको जोहो मात्र गरिदिएनन् परिवारका लागि पनि खर्च दिएका छन् । वालिकालाई अन्तै उपचार गर्नुपरे एअर एम्बुलेन्सको पनि वेवास्ता गर्न अस्पताल प्रमुखलाई फोन गरिदिएको परिवारले जनाएको छ । वालिकाको उपचारमा संलग्न डाक्टर डिके त्रिपाठी र मनमोहन व्यासको भनाई उद्घृत गर्दै भनिएको छ, ‘सेट्टीले एउटी वालिकाको उपचारमा देखाएको सद्भावले अस्पतालका कर्मचारी र डाक्टर समेत उत्साहित छन् ।’

%d bloggers like this: