Fri. Apr 19th, 2024

शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘जञ्जीरकोे पहिलो शो परोपकारी कामका लागि हुनेछ । फिल्मको पहिलो शोबाट निर्माताले प्राप्त गर्ने सबै रकम फिल्मको कुकमेन स्वर्गीय बसन्त लिम्बूको परिवारलाई सहयोग स्वरुप प्रदान गर्ने भएको छ । फिल्मको लोकेसन हन्टिङका क्रममा कुलेखानी ड्याममा डुबेर मृत्यु भएका लिम्बूको परिवारलाई सहयोग स्वरुप उक्त रकम दिइने फिल्मका प्रस्तुतकर्ता करण श्रेष्ठ क्रेजीले जानकारी गराए ।
केआर इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म युनिटले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी निर्माता श्रेष्ठले फिल्मका लागि लिम्बूले गरेको योगदानको कदर गर्दै सहयोग गर्न लागिएको बताए । कार्यक्रमका प्रमुख अतिथि नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई र चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदीले फिल्मले निर्णय गरेको यस्तो पुण्य कार्यको प्रशंसा गर्दै फिल्मको सफलताको कामना गरे ।
मोहनकृष्ण श्रेष्ठ र राजेश खड्गी निर्माता रहेको फिल्मका निर्देशक शोभित बस्नेत हुन् । फिल्ममा जयकिशन बस्नेत, सुनिल रावल, हर्षिका श्रेष्ठ, रिया श्रेष्ठ, सुस्मिता शाही, सुनिल गुरुङ, सुमन लामालगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मको गीत ‘किन गाह«ो गाह«ो हुन्छ…’ प्रदर्शन अघि नै चर्चित भइसकेको छ । शंकर अधिकारी ‘घायल’ र दिनेश अधिकारीको शब्द रहेको गीतमा टंक बुढाथोकीले संगीत भरेका छन् । कमेडी, लभस्टोरी र नारीप्रधान भनिएको फिल्ममा सुशिल पंगेनीको लेखन, शंकर महर्जनको द्वन्द्व, गौतम मुखर्जी र धावा लामाको सह निर्माण, तारा थापा किम्भेको सम्पादन र गणेशकुमार श्रेष्ठको छायांकन रहेको छ ।
 

%d bloggers like this: