Sun. Feb 23rd, 2025

shuddh13
बलिउडमा धेरै किस सिनका कारण इमरान हाशमीलाई …किस बादशाह’ भनिन्छ। अब त्यो उपाधि खोस्न नयाँ अभिनेता आइपुगेका छन्। रेकर्ड पनि यसरी तोड्दै छत् कि इमरानले एक दर्जन बढी फिल्ममा दिएको किस सिन उनले एउटै फिल्ममा दिएका छन्। susanta
बलिउड अभिनेता हुन् सुशान्त राजपूतले रिलिजको तयारीमा रहेको फिल्म …शुद्ध देसी रोमान्स’मा २७ पटक किस गरेका छन। उनले फिल्मका नायिकाद्वय परिणिती चोपडा र वाणी कपुरलाई यति धेरै किसका वर्षा गरेका हुन्। अंकिता लोहखन्डासँग डेट गरिरहेका उनलाई यी दृष्यले असर नपार्ने बताइएको छ। गर्लफ्रेण्डकै राजीमञ्जुरीमा दष्य दिएकाले यतिबेला ढुक्कसँग उनी भन्छन्, …कथालाई न्याय गर्न कुनै कसुर बाँकी राखिनँ।’ हट फिल्मका रुपमा प्रचार गरिएको यसमा टपलेस दृष्य पनि थुप्रै रहेको बुझिएको छ।