Thu. Mar 28th, 2024

होस्टेलमा बस्ने युवाको कथामा बनेको फिल्म …होस्टेल’ले  ब्यावसायिक सफलता हासिल गर्ने संकेत देखाएको छ। देशका ५५ हलमा चलिरहेको फिल्मले शनिवार मात्रै ५० लाख रुपैयाँ भन्दा बढीको ब्यापार गरेको रिपोर्ट प्राप्त भएको छ।
नेपाली फिल्मप्रति दर्शकको वितृष्णा बढ्दै गएको भनिएका बेला दोस्रो पुस्ताले बिडो थाम्ने संकेत देखाएको हो। फिल्ममा पहिलो पुस्ताको प्रतिनीधित्व गर्ने अभिनेता भुवन केसी, टीका पहाडी र निर्देशक शोभित बस्नेतका छोराहरु अनमोल केसी, सलोन बस्नेन र गौरब पहारी फिल्मका मुख्य कलाकार हुन्। …बाउको बिडो थाम्न फिल्म क्षेत्रमै पुगेका उनीहरुले बिरासत पनि थाम्ने संकेत देखिएको छ,’ फिल्मका निर्माता सुनिल रावल भन्छन्।
रिलिजअघि नै फिल्ममा समाहित डाइलगका कारण सामाजिक सञ्जालमा फैलिएको …होस्टेल’ नेपाली फिल्मको खस्किँदो ब्यापार धान्ने यो वर्षको पहिलो फिल्म बनेको छ। फिल्मको माउथ पब्लिसिटी राम्रो भएपछि दर्शक बढेको बितरक गोबिन्द शाहीको ठम्याइ छ। …पहिलो दिनको भन्दा चार गुना दर्शक बढेका छन्, हेर्नेले राम्रो भन्ने प्रतिक्रिया दिएका कारण यस्तो भएको हो,’ बितरक शाही भन्छन्। pokhara
फिल्मको पटकथा र संवाद समेत लेखेका निर्देशक हेमराज विसीलाई नेपाली फिल्म क्षेत्रले स्वागत गरेको छ। सात वर्ष बलिउडमा अनुभव संगालेर नेपाल भित्रिएका उनी दर्शकले फिल्म रुचाएपछि गदगद छन्। भन्छन्, …नेपाली फिल्म क्षेत्रमै बस्ने कि फेरि बलिउडतिरै फर्किने भन्ने दोधार समाप्त भएको छ। यसअघि फिल्म …सायद’ बनाएर अवार्ड र चर्चा कमाएका निर्माता सुनिल रावल फिल्म …सायद’ले बनाएको उचाइ भन्दा माथि पुग्ने संकेत देखिएको छ। त्यसैगरी फिल्म निर्माता, अभिनेता हुँदै फिल्म वितरक बनेका गोबिन्द शाही फिल्म बिरतकका रुपमा सफल देखिएको छन्।hostel 1

%d bloggers like this: