Tue. Mar 21st, 2023

मृतक श्रीमान्को वीर्यबाट सन्तान जन्माउन खोज्ने एक बेलायती युवती कानुनको फन्दामा परेकी छिन्। नियम मिचेर मृतकको वीर्य दुरुपयोग गरेको भन्दै उनीमाथि कानुनी कारबाही गरिने भएको छ। 
डेनी ब्लड नाम गरेकी महिलाका श्रीमान् केही महिनाअघि बितेका थिए। श्रीमान् कोमामा रहेको बेला उनले कागजी प्रक्रिया पूरा नगरी वीर्य झिकेकी थिइन्। बेलायतको कानुनअनुसार कसैको वीर्य झिक्न, संग्रह गर्न अथवा जुनसुकै प्रयोजनका लागि प्रयोग गर्न वीर्यधनीको लिखित अनुमति चाहिन्छ। तर, श्रीमान् कोमामा रहेकाले कुनै कागजी प्रक्रिया पूरा नगरी वीर्य झिकेर उनले संग्रह गरिन्। त्यही वीर्यबाट अहिले उनी गर्भवती भएकी छिन्।