Fri. Apr 19th, 2024

मिस नेपाल इशानी श्रेष्ठ मिस वर्ल्ड–२०१३को फाइनलमा पुगेकी छिन् । उनले ब्युटी विथ पर्पाेज बिधाको टाइटल हात पार्दै फाइनलमा पुग्न सफल भएकी हुन् । 
इन्डोनेसियामा भइरहेको मिस वर्ल्डको छिनोफानो भने भोली हुनेछ । केही वर्षदेखि लगातार मिस वल्र्डमा नेपाली युवतीले प्रतिनीधित्व गरिरहे पनि पहिलोपल्ट नेपाली सुन्दरी अन्तिम स्पर्धाका लागि छानिएकी हुन् । मिस वल्र्डको फाइनलमा १५ जना प्रतियोगीले प्रतिष्पर्धा गर्दैछन् ।
अघिल्ला वर्षका प्रतियोगीलाई टाइटलका दावेदारका रुपमा लिएपनि इशानीमाथि त्यो भरोसा थिएन । त्यसैले सुन्दरी प्रतियोगीतामा पनि केही वर्षदेखि कलम चलाइरहेका पत्रकार मनोज श्रेष्ठ लेख्छन्, ‘नपत्याउने खोलाले बगाउछ भनेको यही हो ।’

%d bloggers like this: