Thu. Apr 25th, 2024

ड्युटीमा खटिएका बेलायतका एक प्रहरीले ड्युटीकै बीचमा समय निकालेर एउटी महिलासँग सेक्स गरे । उनको यो कृत्य सार्वजनिक भएपछि उनलाई बर्खास्त गरियो र उनीमाथि मुद्दा चलाइयो । तर, न्यायालयले कामको बीचमा समय निकालेर चिया पिउनु र सेक्स गर्नु उस्तै भएको फैसला सुनाउँदे ती प्रहरीलाई काममा फर्किन निर्देशन दियो ।

३६ वर्षीय प्रहरी पिसी साउन जेन्किन्सलाई न्यायालयले यसरी काममा फर्काएको हो । सन् २०१० मा गस्तीमा हिँडेका उनले एउटी विवाहित महिलालाई पट्याए र ड्युटीमै रहेको बेला आफ्नो घरमा लगेर ४० मिनेटसम्म रोमान्स गरे । ड्युटीमा रहेका अन्य सहकर्मीलाई उनले त्यतिञ्जेल घरबाहिरै पर्खाएका थिए ।
तर, फैसलामा पिसी दुई÷तीन मिनेटमै फर्किएको र यसबाट कुनै सुरक्षा चुनौती सिर्जना नभएको भन्दै उनलाई काममा फर्किने बाटो खुला गरिएको छ । फैसलामा भनिएको छ, ‘कामको बीचमा दिसा–पिसाब गर्न जाँदा अथवा चिया खान जाँदा खर्च हुने समय र उनले सेक्समा खर्चिएको समय करिब–करिब बराबर थियो । त्यसैले उनलाई कामबाट बर्खास्त गर्नु न्यायोचित देखिँदैन ।

%d bloggers like this: