Fri. Apr 26th, 2024

यो हप्ता दुई भिन्न प्रकारका फिल्म रिलिज हुँदैछन् । एउटा फिल्मले नबोलेरै धेरै भन्नेछ भने अर्काे फिल्म देखाउने र बोल्ने कुरा मात्रै छ ! ‘सानो संसार’ र ‘मेरो एउटा साथी छ’ मा गरेको अभिनयबाट राम्रै जस पाएकी नम्रता श्रेष्ठले शुक्रवार रिलिज डेट तय भएको फिल्म ‘मौन’ मा पनि राम्रो काम गरेको चर्चा सुरु भइसकेको छ । उसो त हरेक फिल्म प्रदर्शन हुुनुअघि निर्माताले यस्तै हल्ला गर्छन् ।

‘मौन’मा नम्रता र अर्पण थापा जोडीका रूपमा देखिएका छन् भने यी दुवै पात्र पूरै फिल्मभरि मौन बस्छन् । सुरज भुसालको निर्देशन रहेको ‘मौन’ले नयाँ दर्शकलाई हलमा ल्याउने विश्वास गरिएको छ । श्रवणशक्ति गुमाएकाहरूले फिल्मबाट आनन्द लिनसक्ने बताइन्छ ।

उता, जिया केसीको मुख्य भूमिका रहेको ‘बर्बाद’ पनि शुक्रवार प्रदर्शन हुने भएको छ । फिल्म प्रदर्शनअघि नै निर्माणपक्षले फिल्मको प्रोमोलाई युट्युबमा राखेर एक चरणको चर्चा बटुलिसकेका छन् । तर, प्रोमोको आलोचना गर्ने कम छैन । प्रोमोमा जियाले एटिएमलाई बिर्साउनेगरी अंग प्रदर्शन गरेकी छिन् ।
रिम विश्वकर्माको निर्देशन रहेको यस फिल्ममा जियाका साथै जीके शर्मा, गणेश गिरीलगायत कलाकारले अभिनय गरेका छन् ।

%d bloggers like this: