Fri. Apr 26th, 2024

पक्राउ परेका फिलम ‘सुकुलगुन्डा’ का कलाकारलाई प्रहरीले छाडेको छ । प्रहरीले चलचित्रमा प्रहरी बनेका कलाकारलाई पक्राउ गरी बानेश्वरस्थित प्रहरी बृत्तमा पु¥याएको थियो । उनीहरुलाई करिब ३ घण्टापछि साँझ साढे ६ बजे छाडिएको थियो । 
निर्देशक मधुसुदन भट्टराईका अनुसार पक्राउ पर्नेमा प्रहरीकै भूमिका गरिरहेका रामचन्द्र अधिकारीलगायत ६ जना कलाकार थिए । काँडाघारीस्थित प्रहरीचौकी नजिकै प्रहरीले चोरलाई लखेटिरहेको दृश्य खिचिरहेका अवस्थामा कलाकारसहित सुटिङ भ्यान पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले कलाकारलाई नियन्त्रणमा लिएपछि सुटिङ अवरुद्ध भएको नायिका खुश्बु खड्काले बताइन् । राजशे श्रेष्ठको निर्माणमा बनिरहेको ‘सुकलगुण्डा’ मा जीवन लुइँटेल, खुश्बु खड्का, रामचन्द्र अधिकारीलगायतले मुख्य अभिनय गरिहेका छन् ।
 

%d bloggers like this: