Tue. Apr 23rd, 2024

बेलायती नागरिक केभिन वाल्ड्रमलाई न्यायाधीशले हरितन्नम घोषणा गरेका छन् । अधिक समय ‘सेक्स च्याट’मा बिताएकाले ४५ वर्षीय केल्भिन टाट पल्टिएका हुन् ।
प्रतिमिनेट दुई पाउन्डका दरले केल्भिनले प्रतिदिन २२ घण्टासम्म ‘सेक्स च्याट’ गरेका थिए । ‘सेक्स च्याट’का कारण भोडाफोन कम्पनीलाई मात्रै उनले ९१ हजार पाउन्डभन्दा बढी रकम तिरे ।
पहरेदारको काम गरी रिटायर्ड जीवन बिताइरहेका केल्भिनले ‘सेक्स च्याट’का कारण आफू कंगाल भएको स्विकारेका छन् । ‘मसँग एक लाख ४२ हजार पाउन्ड थियो,’ उनले भने, ‘जम्मै ‘सेक्स च्याट’मा स्वाहा भयो ।’
प्रेमवियोगपछि उनलाई ‘सेक्स च्याट’को लत लागेको थियो । ‘च्याटलाइनहरूले मान्छेलाई कसरी सम्मोहित गराउँदा रहेछन् र अन्त्यमा बर्बाद गरिदिँदा रहेछन् भन्ने कुराको ज्वलन्त उदाहरण हुँ म,’ खिन्न हुँदै उनले भने, ‘मेरो यो हबिगत अरूका लागि शिक्षा बनोस् ।’

%d bloggers like this: