खेलाडी हिरोइन

सीमा केसीलाई हट हिरोइनका रूपमा चिन्नेहरू धेरै छन्। केही समयअघि रिलिज फिल्म …युज’मा दिएका गरम दृश्यका कारणमात्रै होइन, बजार तताउने फोटो सुटले पनि त्यो छाप छाडेको हुनुपर्छ। तर, सीमासँग आकर्षक ज्यानमात्रै होइन, सुन्दर खेल कौशल पनि छ भन्ने केही समयअघिमात्रै प्रमाणित भयो। उनले मलेसियामा सम्पन्न साउथ एसियन च्याम्पियनसिपमा सिल्भर मेडल जितेकी छिन्। बाह्र्र राष्ट्रका खेलाडी भिडेको आइटिएफ तेक्वान्दो प्रतियोगिताको ५०–५५ उमेर समूह अन्तर्गत उनले खेलेकी थिइन्। तेक्वान्दो सेकेन्ड डन उनले भनिन्, …बाह्र वर्षपछि खेल ज्वाइन गरेकी थिएँ, उपलब्धिपूर्ण रह्यो।’ फिल्म खेल्नुअघि पनि खेल क्षेत्रमा संलग्न उनी हिरोइन हुने चक्करमा खेलबाट टाढिएकी थिइन्।