Sat. Apr 20th, 2024
काठमाडौं, भाद्र १५ – काठमाडौंमा शुक्रबार राति ११ बजेर ३३ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । करिव पाँच सेकेन्डभित्र दुई पटक जमिन हल्लिएको थियो । पुनः ८ मिनेपछि भूकम्पको धक्का महसुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका निर्देशक डा. सोमनाथ सापकोटाका अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो । उनका अनुसार दोलखाको जिरीदेखि ८०–८५ किलोमिटर उत्तर केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
सापकोटाले चीनको तिब्बतस्थित छोङ्दुई केन्द्र भएर भूकम्प गएको अमेरिकन जिओलोजिकल सेन्टरको रिपोर्टलाई अस्वीकार गरे । उनले ४ सय किलो मिटर टाढा केन्द्र हुँदा यति ठूलो धक्का महसुस हुन नसक्ने दाबी गरे । ‘अमेरिकन जिओलोजिकल सेन्टरको कुनै भूकम्प मापन कार्यालय तिब्बत क्षेत्रमा छैन,’ उनले भने, ‘त्यो तथ्य गलत हो ।’
भूकम्पको धक्का काठमाडौंसहित ललितपुर, काभ्रे, नुवाकोटसहितका जिल्लामा पनि महसुस गरिएको छ ।
भूकम्पको धक्का महसुस हुनेवित्तिकै राजधानीमा सर्वसाधारण घर बाहिर निस्किए । पुनः भूकम्प आउने त्रासले राति अबेरसम्म पनि सर्वसाधारण घर बाहिरै हल्लाखल्ला गरेर बसेको देखिएको छ ।
२०६८ साल असोग १ गते ताप्लेजुङ केन्द्र भएर गएको ६ दशमलव ९ रेक्टर स्केलको भूकम्पमा कम्तिमा ६ जनाको ज्यान गएको थियो ।
काठमाडौंको खरीबोटमा भूकम्प आएपछि आत्तिएर घरबाट हामफाल्दा एकजना घाइते भएका छन् ।धनगढी घर भई नयाँ बानेश्वरको ठूलो खरिबोट नजिक बस्दै आएका संजिव भट्टराई छतबाट हाम फाल्दा घाइते भएको महानगरी प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले बताए । उनले यस बाहेक उपत्यकामा कुनै धनजनको क्षति भएको रिपोर्ट नआएको जानकारी दिए ।(साभार: http://www.ekantipur.com)
%d bloggers like this: