महिला पात्र भएर व्यंग्य गर्नुपरे दीपाश्री निरौला अघि सर्न थालेको निकै भइसक्यो। उनका अनुसार १६ वर्षसम्म गाईजात्राको प्रहसन कार्यक्रममा सहभागी भएर धेरैलाई व्यंग्यवाण प्रहार गरिसकिन्। रेडियो नेपालको …दिन प्रतिदिन’ कार्यक्रमबाट सुरु भएको उनको व्यंग्य यात्रा …अनुभव बटुलेर मर्नुपर्छ’ भनेर गाईजात्रामा पुगेको हो। …मिठो अनुभव भयो,’ गाईजात्राको कार्यक्रममा जोडिन पाउँदाको उनको अनुभव छ। कुराकानीकै क्रममा एउटा गीत गुनगुनाइन्, …किन लाग्छ माया?’ भन्ने। प्रतिप्रश्न गरियो, …साँच्ची दीपाजी किन लाग्दो रहेछ माया?’ उनले आफैलाई व्यंग्य गरिन्, …थाहा पाएकी भए बिहे भइहाल्थ्यो नि।’ गाईजात्राको बेला छ, अरूले व्यंग्य गर्नुपर्नेमा आफैँले गरेपछि हामीले के भन्नु? यत्ति बुझ्यौँ– यो आफँैले होइन, उमेरले गरेको व्यंग्य हो।’