Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
पुस २८ गते देखि प्रदर्शनमा आएको चलचित्र “लभ साशा” ले दर्शकहरुको प्रशंसा बटुल्न सफल रहेको छ । चलचित्रले पहिलो दिन काठमाडौँ उपत्यकामा राम्रो सुरुवात गरेको छ । लभ जेनेरमा तयार भएको चलचित्रमा प्रेमको कुराहरुलाई निकै प्रभावशाली शैलीमा प्रस्तुत गरिएको छ । चलचित्रले अहिलेको युवा पिडिलाई अलि धेरै फोकस गरेको छ । यस्तै चलचित्र हेर्ने जति सबै दर्शकहरुले चलचित्रको बारेमा सकारात्मक प्रतिक्रिया नै पेश गरेका छन् । यस्तै चलचित्रको गीत संगीतबाट पनि अधिकांश दर्शकहरु लालाहित भएको पाइएको छ ।
love-sasha
चलचित्रको कथा वस्तु एकै गतिमा बग्नु र चलचित्रमा समावेश संवाद जुन सुन्दा निकै मिठो लाग्छ दर्शकहरुको लागि यहि कुरा बिशेष भएको छ । यस्तै चलचित्रमा २ पत्र “साशा” र “पर्ल” को पनि खुबै चर्चा भएको छ । “साशा” को भूमिका नायिका केकी अधिकारीले निभाएकी छिन् जुन उनको अहिले सम्मको उनको उत्कृष्ट भूमिका रहेको दर्शकहरुको भनाई रहेको छ । यस्तै “पर्ल” को भूमिकामा नायक कर्मा देखिएका छन् । उनको अभिनयको पनि चर्चा चलेको छ । चलचित्रमा अर्का कलाकार आसिफ शाहको पनि भूमिका छ जुन छोटो भए पनि महत्वोपूर्ण रहेको छ । उनको अभिनयलाई पनि दर्शकहरुले आत्मसाथ गरेका छन् ।
love-sasha
चलचित्रमा प्रस्तुत कथा वस्तु अहिलेको युवा पिडिको लागि बिशेष केन्द्र बिन्दु बन्न सफल भएको छ । कथालाई पर्दामा यति शालीन तरिकाले उतार्न सक्नु लेखक तथा निदेशक प्रचण्डमान श्रेष्ठको अब्बल पन हो । उनको प्रशंसक यति बेला धेरै हदले बढेको छ । अब अगाडी दिन चलचित्रले के कस्तो नतिजा दर्शकहरुबाट प्राप्त गर्ने हो त्यो हेर्न अझै बाँकी नै रहेको छ । पपकर्न पिक्चर्सद्वारा प्रस्तुत गरिएको र प्रिन्सेस मुभिज र दि टि फोकस फिल्म्सको निर्माणमा तयार भएको चलचित्रमा कर्मा , केकी अधिकारी , शिवानी चालिसे , विकास जोशी , रश्मी भट्ट र आसिफ शाह लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | यसका साथमा चलचित्रमा शिवराम श्रेष्ठको छायांकन , लोकेश बज्राचार्यको सम्पादन र पार्श्वधुन जेसन कुंवरको संगीत समावेश रहेको छ | चलचित्रको प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन् भने पब्लिसिटी डिजाइनको जिम्मा स्वप्निल आचार्यले लिएका छन् | चलचित्रका निर्माता माधव वाग्ले हुन् ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: