Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
असोज ७ गते देशभरका सम्पूर्ण हलहरुबाट एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र “झुम्की” ले अमेरिकाको लस अन्जेलेस सहरको वहीत्तिएर विलेज सिनेमासमा बिशेष शो प्रदर्शनी गर्नेभएको छ | चलचित्र २५ सेप्टेम्बरमा आइतबारका दिन राति ८ बजे प्रदर्शन गरिने छ | अपिल बिष्ट फिल्म्स प्रोडकसन र सिनेमा आर्टको प्रस्तुति रहेको चलचित्र “झुम्की” लाई निर्देशक अपिल बिष्टले निर्देशन गरेका हुन् |
jhumkee
चलचित्रमा नायक दयाहाङ्ग राई , रिश्मा गुरुङ , निश्चल बस्नेत , मनोज आर.सी , भोलाराज सापकोटा , प्रमोद अग्रहारी , रबिन्द्र सिंह बानिया , सुष्मिता कार्की , प्रेम वर्षा खड्का र मलिना जोशी लगाएतका कलाकारहरुको मुख्य भूमिका देख्न सकिन्छ | चलचित्रमा राम बाबु गुरुङको कथा पटकथा , निमेष श्रेष्ठको सम्पादन र शैलेन्द्रध्वज कार्कीको छायांकन रहेको छ | चलचित्रमा कालीप्रसाद बास्कोटा र हेमन्त रानाको संगीत समावेश रहेको छ |
jhumkee
चलचित्रको अहिले प्रदर्शन मिति नजिकिदै गर्दा काठमाडौँ उपत्यका भित्र र उपत्यका बाहिर व्यापक रुपमा प्रचार प्रसार भैरहेको छ | चलचित्र निकै राम्रो बनेको र सोसल ड्रामामा आधारित चलचित्रले सबैको मन जित्ने विश्वास निर्देशक अपिल बिष्टले ब्यक्त गर्नुभएको छ | चलचित्र पूर्णतया मनोरंजननात्मक रहेको र यसले सामाजिक संदेश समेत प्रदान गर्ने कुरा समेत उहाले स्पस्ट पार्नु भएको छ | चलचित्रको काठमाडौँ उपत्यका भित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनु भएको छ भने उपत्यका बाहिरको जिम्मा केदार प्रसाद पराजुलीले सम्हाल्नु भएको छ |
jhumkee
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: