Thu. Apr 25th, 2024

काठमाडाैँ । फिल्म ‘प्रसाद २’ मा निश्चल बस्नेतले अभिनय गर्ने पक्का भएको छ ।
दुई वर्ष अघि रिलिज फिल्म ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’मा अभिनेता निश्चल बस्नेत जोडिएका छन् ।
फिल्मका लागि हालै निश्चलले फिल्म निर्माण पक्षसँग औपचारिक सम्झौता गरेका हुन् ।
विपीन कार्की र नम्रता श्रेष्ठ यसअघि नै अनुबन्धित भइसकेको यस फिल्मलाई सुभाष थापाले निर्माण गर्दै छन् भने सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् ।
यी तीनै कलाकार अघिल्लो संस्करणको फिल्ममा पनि प्रमुख भूमिकामा थिए ।
दिनेश राउतले निर्देशन गरेको सिनेमा ‘प्रसाद’मा विपीन, नम्रता र निश्चलको अभिनय रहेको थियो ।
‘प्रसाद २’ मा निर्देशक फेरिए पनि कलाकार भने नफेरिने भएको छ । यो सिनेमाको कथा सञ्चारकर्मी सुशील पौडेलले लेखेका छन् । ‘प्रसाद’को कथा पनि उनले नै लेखेका थिए । चैतको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको निर्माण टिमले जनाएको छ ।

Leave a Reply

%d bloggers like this: