Fri. Apr 26th, 2024

एजेन्सी । रुबीना दिलेक बिग बोस सिजन १४ को विजेता बनेकी छन् । १३८ दिनसम्म चलेको बहस, झगडा र ड्रामपछि रुबीना विजेता बनेकी हुन् । फाइलनमा रुबीनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए । तर राखीले विकल्पमा दिइएको १४ लाख रुपैयाँ लिएर शो छोडिन् ।
विजेता भएसंगै रुबीनाले ट्रफीसहित करिव ५८ लाख रुपैयाँ धनराशि पनि पुरस्कारको रुपमा पाएकी छिन् । रुबीनालाई विजेताको रुपमा घोषणा गरिंदा उनका प्रशंसकहरुमा खुशीको लहर छाएको छ । रुबीना हिन्दी धारावाहिक ‘छोटी बहू’की लोकप्रिय कलाकार हुन् ।
प्रतियोगितामा गायक राहुल वैद्य फस्ट रनर्स अप भएका छन् । उनी इन्डिय आइडलको पहिलो सिजनमा समेत उप–विजेतामा सिमित भएका थिए । बिग बोसको यो सीजनमा रुबीनाका श्रीमान् अभिनव शुक्ला पनि प्रतिस्पर्धि थिए ।
बिग बोसको अघिल्लो सिजन भने सिद्धार्थ शुक्लाले जितेका थिए । त्यस्तै आसिम रियाज फर्स्ट रनर अप बनेका थिए । बिग बोस–१४ को सीजन गत ३ अक्टोबर २०२० का दिनदेखि ११७ एपिसोडसम्म चलेको थियो ।

Leave a Reply

%d bloggers like this: