Thu. Apr 25th, 2024

एजेन्सी । बलिउड फिल्म ‘पीके’ को सिक्वेल बन्ने भएको छ ।
आमिर खान,अनुष्का शर्मा र स्वर्गीय सुशान्त सिंहको मुख्य अभिनय रहेको सन् २०१४ को सर्वाधिक सफल फिल्म पिकेको सिक्वेल बन्ने भएको हो ।
सन् २०१४ मा रिलिज फिल्म ‘पीके’लाई दर्शकले अत्याधिक मनपराए । अभिनेता आमिर खान र अभिनेत्री अनुष्का शर्मा अभिनित फिल्ममा विशेषतः आमिरको भूमिकालाई दर्शकले रुचाए । अहिले भने यो फिल्मको सिक्वेल बन्ने नयाँ खबर बलिउडमा छ ।
फिल्मको सिक्वेलमा आमिरको स्थानमा रणवीर कपूर देखिनेछन् । यो फिल्म सकिँदाको अन्तिम दृश्यमा रणवीर कपुर देखिएका थिए । त्यहीकारण फिल्मको सिक्वेलमा रणवीरले नै बाँकी कथालाई अगाडि बढाउनेछन् ।
पिके फिल्म निर्माता विधु विनोद चोपडाले पिकेको सिक्वेल बनाउने घोषणा गरे सँगै उनले अहिले यसको तयारी भइरहेको समेत बताएका छन् । सिक्वेलमा आमिर खान देखिने छैनन् भने आमिरको ठाउँमा रणवीर कपूरले मुख्य भूमिका निभाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply

%d bloggers like this: