Fri. Apr 26th, 2024

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । उनले आफू कोरोनाबाट मुक्त भएको आज सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए । पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनि सेल्फ आइसोलेशनमा बसेका थिए ।
आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि लामिछानेलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । केही दिनको आरामपछि उनि बिग बास लिग खेल्न अष्ट्रेलिया जानेछन् ।
अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग बास लिग शुरु हुँदैछ । उनि तेस्रोपटक बिग ब्यास लिग खेल्ने तयारीमा छन् । यसपटक लामिछानेले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दैछन् ।

Leave a Reply

%d bloggers like this: